सूचनाको अद्यावधिक र प्रकाशन

सूचनाको अद्यावधिक र प्रकाशन

(क) निकायको स्वरुप र प्रकृति

      वनस्पति अनुसन्धान केन्द्र , इलाम

(ख) निकायको काम,कर्तव्य र अधिकार

 यस कार्यालयको प्रमुख उदेश्य भनेको जिल्लाको समग्र वानस्पतिक श्रोतको वैज्ञानिक अध्ययन,पहिचान,संकलन तथा खेती विस्तार गरी तिनीहरुको सदुपयोग सम्बन्धि सूचना तथा प्रविधि जनस्तरसम्म पुर्याउने हो ।

 वनस्पति उद्यान माइपोखरीलाई जैविक विविधता संरक्षण स्थल तथा धार्मिक,अनुसन्धान र मनोरञ्जन स्थलको रुपमा स्थापित गराउने ।

 व्यवसायिक रुपले महत्वपूर्ण जडिबुटीहरुको खेती प्रविधि विकास गर्नुको साथै प्रविधि विकास भइसकेका जडिबुटीहरुको व्यवसायिक उत्पादन गरी सामुदायिक वन तथा निजी क्षेत्रलाई आवश्यक प्रविधि उपलब्ध गराउने ।

 वनस्पतिहरुको संकलन,संरक्षण तथा अभिलेख राख्ने ।

(ग) निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण

क्र.सं.   कर्मचारीको नाम  पद श्रेणी सेवा, समूह कुल
दरबन्दी
मदन कुमार
खड्का
वरिष्ठ वैज्ञानिक
अधिकृत
रा.प. द्वितिय वन, बोटानी (प्रा.) 
२   वैज्ञानिक
अधिकृत
रा.प.तृतिय वन,बोटानी (प्रा.)
३   वैज्ञानिक
अधिकृत
रा.प.तृतिय इन्जि. केमेष्टी
खगेन्द्र
खड्का    
लेखापाल रा.प.अनं.
प्रथम
प्रशासन, लेखा    
५    जेनी निरौला   असिष्टेन्ट बोटानिष्ट रा.प.अनं. प्रथम वन, बोटानी (प्रा.)
दिपेन बम हेड फिल्ड
असिष्टेन्ट
रा.प.अनं.द्वितिय वन, बोटानी (प्रा.)
७    पदम प्रसाद आचार्य कार्यालय
सहयोगी
(करार)    
८  नविन वि.क.    कार्यालय
सहयोगी
(करार)    
जम्मा    ८

(घ) निकायबाट प्रदान गरिने सेवा

 जैविक विविधता संरक्षण गरी वातावरणीय सुधार तथा पर्यटन विकासमा सघाउ पुर्याउने,उद्यानलाई रमणीय स्थलको रुपमा विकास गर्ने,उद्यान सम्बन्धि सेवा उपलब्ध गराउने तथा शैक्षिक कार्यक्रममा सहयोग पुर्याउने ।

 जडिबुटीहरुको उपयोग,व्यापार तथा उपलब्धता सम्बन्धि तथ्यांक संकलन गर्ने,जडिबुटीहरुको खेती प्रविधि विकास गर्ने,जडिबुटीहरुको वंशाणु श्रोत संरक्षण गर्ने र जडिबुटी संरक्षण तथा उपयोग बारे जनचेतना अभिवृद्घि गरी खेती सम्बन्धि सीप विकास गराउने ।

  वानस्पतिक श्रोतको वैज्ञानिक अध्ययन,संकलन तथा पहिचान गर्ने,वनस्पतिहरुमा भएको जैविक तथा रासायनिक विविधताको अध्ययन अनुसन्धान गर्ने र जैविक विविधता संरक्षण गरी दिगो विकासमा योगदान दिने ।

 विपन्न वर्गमा उनीहरुको सहभागितामा जडिबुटी नर्सरी निर्माण गर्ने,जडिबुटी खेती सम्बन्धि तालिम तथा क्षमता अभिवृद्धि गर्ने र जडिबुटी विरुवा उत्पादन गरी वितरण गर्ने ।

  जिल्लाको चुरे क्षेत्र संरक्षण गर्नको लागि आयमुलक जडिबुटीहरुको खेती विस्तार गरी विपन्न समुदायहरुको जिवनस्तरमा सुधार ल्याउने र त्यस क्षेत्रको वनस्पति श्रोतको अध्ययन,अनुसन्धान तथा अभिलेखिकरण गर्ने ।

(ङ) सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी

क्.सं.   प्रदान
गरिने सेवाहरु
सेवा प्रदान गर्ने शाखा र जिम्मेवार कमेचारी    कार्य सम्पादन प्रक्रिया तथा सेवा ग्रहीले गर्नु पर्ने काम   गुनासो सुन्ने अधिकारी
१   निवेदन लिने   प्रशासन,लेखा फाँट,लेखापाल   आफूले प्राप्त गर्न चाहेको सेवाको विवरण खोली निवेदन दिने    कार्यालय प्रमुख
वनस्पति सम्बन्धी सुचना सम्पर्क आदि प्राविधिक फाँट,अ.वो,हे.फि.अ. सम्बन्धीत पक्षले निवेदन दिने वा सम्पर्क गर्ने  ”           
३  जडिबुटी खेती सम्बन्धी परामर्श ”   ”   ”   ”   ”  
प्रविधि विस्तार,सामुदायिक कार्यक्रम तथा तालिम ”   ”   ”   ”   ”  

(च) सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि

   निशुल्क र तुरुन्तै

(छ) निर्णय गर्ने प्रक्रिया र अधिकार

   निवेदन माग गरी अनुगमन गर्ने र त्यस पश्चात प्राप्त निवेदन अनुसार सेवा अथवा कार्यक्रम उक्त ठाउँमा संचालन गर्ने । निर्णय गर्ने सम्पूर्ण अधिकार कार्यालय प्रमुखमा निहित रहनेछ ।

(ज) निर्णय उपर उजुरी सुन्ने अधिकारी

   कार्यालय प्रमुख

(झ) सम्पादन गरेको कामको विवरण ः

   वन तथा वातावरणा मन्त्रालयका सचिव ज्यू र वनस्पति विभागमा मासिक रुपमा मासिक प्रगती विवरण पठाइने । चौमासिक,अष्टमासिक र वार्षिक प्रगति विवरण वनस्पति विभागमा पठाइने तथा समीक्षा गोष्ठिमा प्रस्तुत गरिने ।

(ञ) सूचना अधिकारी र प्रमुखको नाम र पद

   कार्यालय प्रमुख; मदन कुमार खड्का (वरिष्ठ वैज्ञानिक अधिकृत)

   सूचना अधिकारी ; जेनी निरौला(अ.बो.)

(ट) ऐन,नियम,विनियम वा निर्देशिकाको सूची

  •        वन ऐन,
  •           वन नियमावली,
  •           वातावरण संरक्षण ऐन,
  •         वातावरण संरक्षण नियमावली,
  •     वन नीति,
  •         राष्ट्रिय सिमसार नीति,
  • Convention on International Trade in Endangered Species Of Wild Fauna and Flora(CITES),1973
  • Convention on Wetlands of International Importance Especially as Waterflow Habitat(Ramsar Convention),1971
  • Convention on the Protection of the World Cultural and Natural Heritage,1972
  • Convention on Biological Diversity,1992
  • United Nation Framework Convention on Climate Change,1992
  • Convention to Combat Desertification in those Countries Experiencing devious Drought and Desertification, Particularly in Africa,1994
  • International Tropical Timber Agreement(ITTA),
  • Kyoto Protocol to the UNFCCC,1997
  • International Treaty on the Plant Genetic Resource for Food and Agriculture,2001
  • ILO Convention No.169,Indigenous and Tribal Peoples Convention,1989

(ठ) आम्दानी, खर्च तथा आर्थिक कारोबार सम्बन्धि अद्यावधिक विवरण

क्र.सं.    कार्यक्रम/आयोजनाको   नाम  विनियोजित बजेट रकम
(रु.हजारमा) 
लगत अनुमान  खर्च भएको    
  रकम    
बाँकी रकम       भौतिक प्रगति
(प्रतिशत)
वित्तिय प्रगति
(प्रतिशत)
१  वनस्पति संरक्षण तथा उद्यान विकास कार्यक्र म                
  जडिबुटी विकास
कार्यक्रम  
      जम्मा     

  • Madan Kumar Khadka

    Senior Scientific Officer (कार्यालय प्रमुख)

  • Vacant

    Scientific Officer (Botany)